Friday 30th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

पार्टीबीच एकताका लागि शीर्ष तहको कार्यदल बन्ने

Tuesday, October 3, 2017 National Power


 १७ असोज,काठमाडौं –  मुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच एकताका लागि सातदलको शीर्ष तहको कार्यदल बन्ने भएको छ । एमालेबाट चारजना र माओवादीकेन्द्रबाट तीन जना रहेको कार्यदलले बनाएरु एकता सुरु गर्ने सहमति भएको छ । कार्यदलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ नाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम रहनेछन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन् । त्यसको संयोजक एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि ६० र ४० को भागबण्डा समेत गरेको छ । एमाले र माओवादी केन्द्रवीच बृहत्त मोर्चाबन्दी गर्ने र त्यसको लागि मंसिरपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने र माओवादी केन्द्रका अध्यक्षलाई एकतापछिको अध्यक्ष बनाउने तयारी भएको स्रोतको दाबी छ ।

सहमति

1. बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध ९जनयुद्ध०लाई बहसमा लैजाने ।
2. आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।
3. आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट ९अलग९अलग० गरेर जाने ।
4. पार्टीको नाम फेर्ने ।
5.  एकता संयोजन समिति गठन गर्ने ।
6.  सूर्य चुनाव चिह्न लिएर लड्ने, यसलाई माओवादीले ठूलो विषय नबनाउने
7. समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।