Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दशैंका अवसरमा २१ कैदीलाई माफी

Monday, September 25, 2017 National Power

रत्ननगर, चितवन, ९ असोज ९रासस० ः सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।

कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ ।

यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिनुभयो । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

जिल्ला कारागार चितवनले ३० जनालाई आम माफीका लागि सिफारिस गरेकामा २१ जनाले माफी पाएका हुन् । यसअघि अघिल्लो वर्ष संविधान दिवसमा १७ जना र दशैँमा पाँच जना कैदी छुटेका थिए । गएको गणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए ।

जिल्ला कारागार चितवनमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा रहेका छन् । काफ्लेका अनुसार कारागारमा अहिले कैदी, थुनुवा र आश्रित बालबालिका गरी ६०१ जना छन् । जसमा ५९ जना महिला र तिनमा आश्रित पाँच जना बालबालिका छन् ।कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाइ हुने गरेको कारागार चितवनले जनाएको छ । जसका कारण विभिन्न प्रकारका बिरामीलाई पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको छ ।

-NPN_2017