Friday 4th December 2020

    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो स् परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

 सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम

Monday, September 25, 2017 National Power


९ असोज,बर्दिया – प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुने गर्छ । ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले रातभरि सखिया नाच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया  नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ । दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैँमा हुने गर्छ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सतको समयमा सखिया नाच नाच्ने गर्छन् ।

पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैँ पनि खासै मनाउँदैनन् । तर पश्चिम नेपालका थारुले दशैँलाई धुमधामका साथ मनाउँछन् ।

_NPN_2017