Sunday 29th November 2020

    आज १२ सय ५५ कोरोना संक्रमित थप    चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदै    ओली प्रचण्ड टकराव: एक-अर्काविरुद्ध खतरनाक तयारी    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता

१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

Sunday, September 24, 2017 National Power


८ असोज,काठमाडौँ – असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।

आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।