Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

मोटरसाइकलको ठक्करबाट मृत्यु

Sunday, September 24, 2017 National Power


८ असोज,सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया आशादेवी साह रहेको इलाका प्हरी कार्यालय कल्याणपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ४४१० नंको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।