Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

Monday, September 18, 2017 National Power

२ असोज, काठमाडौं –  सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘

विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो’ उनले भने ।

बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने( ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’

खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले अगाडि भने( ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’