आर.एल फिल्म इन्टरटेनमेन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र `द मंगोलियन हर्ट´ यहि असोज ६ गते बाट नेपालका सम्पुर्ण हलहरुमा एकै साथ चल्ने भएको छ । नेपाली समाजमा देखिरहेको र भोगिरहेको यथार्थ घटनामा आधारित अन्तरजातीय बिबाहलाई यस चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र एकदमै पारिवारिक चलचित्र र समाजको लागि अज प्रेरणादायी रहने र सम्पुर्ण परिवार सङै बसेर हेर्न सकिने पनि निर्माण पक्षले दाबी गरेको छ । नेपालमा चकिरहेका र अहिले बजारमा आई रहेको चलचित्र भन्दा फरक बिषयबस्तुलाई उठान गरेको पनि निर्माणपक्षले जानकारी दिएको छ भने यस चलचित्रमा समाहित ` सम्हाली सम्हाली, ल्हास्सो ल्हास्सो सङ्गै official trailer पनि युट्युबमा सार्बजनिक भइसकेको छ ।
आर एल मोक्तानको कथा तथा पटकथा रहेको यश चलचित्रलाई बिजय तिखातारिको सम्पादन गर्नु भएको छ भने शंकर महर्जनले द्वन्द्व तथा रामेश्वर हुमागाईको छायांकन रहेको छ । दिनेश पाखृन र जनक कार्कीको नृत्य निर्देशन रहेने यस चलचित्रमा तामाङ चलचित्रको सफलता सङ्गै नेपाली भाषाको चलचित्रमा समय दिदै आफ्नो ब्यबसायलाई पनि अगाडि बडाउदै चर्चित एवं सफल नायिका सबैलाई सम्मान माया सङ्गै परिआएको खण्डमा सहयोग गर्न पनि पछि नपर्ने मनकि दानी नायिका रोस्नि ब्लोन, नेपाली चलचित्रका सफल नायक धिरेन साक्य,राजु लामा र सुशील पोख्रेललाई प्रमुख भुमिकामा देख्न सकिन्छ । कुलेखानी, चोबार, हेटौंडा लगायत काठमाडौका रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रका निर्देशक भने नायक राजु लामा आफैले गर्नु भएको छ । आर.एल इन्टरटेनमेन्ट फिल्म र लन्का माया लामाले संयुक्त रुपमा यस चलचित्रमा लगानी गर्नु भएको छ । चलचित्रका गितहरुमा अमृत लामा, सुनिमाया मोक्तान, मौसम मधुर र सन्ध्या सुनारको आवाज रहेको छ भने गितकार आर.एल लामाको शब्द तथा अमृत लामा सङ्गै रिमेश कुमारको सङ्गीत रहेको छ ।