Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

डेढ अर्ब घाप्ला हानेका खड्कालाइ निलम्बन गर्न सुशासन समितिको पत्र

Friday, September 15, 2017 National Power

३० भदौ, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ ।

तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् ।

सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ । समितिले आपूर्तिलाई पत्र पठाएको समितिका सचिव मुरारी महतले स्वीकार गरे