Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

निर्दोष सावित कार्णेल लामा माथि कारवाही गर्न मानवअधिकारवादीहरुको माग

Friday, September 15, 2017 National Power

३० भदौ, काठमाडौं –नेपाल सरकारले हालै नेपाली सेनाका कर्णेल कुमार लामालाइ पदोन्नती गर्ने निर्णयको कार्यान्वयन रोक्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ । आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी समितिले कपिलबस्तु जिल्ला अदालतले मानव अधिकार हननका दोषी भनी ठहर गरेका व्यक्तिको पक्षमा आएकोले अदालतको आदेशको ठाडो उलंघन भएको जनाएको छ ।

समितिका तर्फबाट संयोजक चरण प्रसाईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अगाडी भनिएको छ, “०६४ साल मंसिर १४ गते जिल्ला अदालत कपिलवस्तुले लामालाइ स्थानीय व्यक्तिहरुलाइ नियन्त्रणमा लिइ यतना दिएको विषयमा दोषी ठहर गरी कारवाहीको गर्न तथा क्षतिपुर्ती दिनको लागि आदेश दिएको थियो । तसर्थ उक्त आदेश कार्यान्वयन नभइसकेको अवस्थामा दोषी ठहर भएका ब्यक्तिलाई पदोन्नति गर्नु भनेको दण्डहीनतालाई प्रश्रय र कानुनी शासनको उलंघन गर्नु हो । पीडकको पक्षपोषण गर्नु हो । त्यसैले निज लामाको पदोन्नति तत्काल रोक्न नेपाल सरकारसंग हामी जोडदार अपिल गर्दछौं । साथै कपिलबस्तु जिल्ला आदालतले दिएको आदेश कार्यन्वयन भएको सुचना सम्बन्धित पीडित तथा जिल्ला अदालतलाई दिईयोस भन्ने आग्रह समेत गर्दछौं ।”

स्मरण रहोस् सोही घटनाका सम्बन्धमा ४ बर्ष अघि बेलायतमा पक्राउ परेका लामालाइ त्यहाँको अदालतले निर्दोष सावित गरी गतबर्षमात्र हिरासतमुक्त गरेको थियो ।