३० भदौ, रोल्पा – रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो।
ससुरालीमा बसेका उनलाई काम पर्याे भन्दै राति करिब २ बजेतिर साथमा लगेका हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।