Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ जनाको मृत्यु


२९ भदौ, – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेको अनुमान छ । मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताएको छ । घटनामा ज्यान गुमाउनेमा २२ जना विद्यार्थी रहेका छन् । ज्यान गुमाउने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेका छन् । यस्तै दुईजना शिक्षकको पनि ज्यान गएको छ । अहिले उद्धारको काम भइरहेको छ ।