Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

बाघको छालासहित एक पक्राउ

Thursday, September 14, 2017 National Power

२९ भदौ, काठमाडौं – आठ फिट आठ इन्च लामो बाघको छालासहित एकजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छालासहित सुर्खेतका प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।

ब्युरोले शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) अनुसार संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै जरिवाना गर्ने व्यवस्था गरेको छ ।