Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

करेन्ट लागेर एकको मृत्यु

Wednesday, September 13, 2017 National Power

२८ भदौ, झापा – झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । इलामको फाकपोकथुम स्थायी घर भई हाल दमक–१, रवी स्टेण्डमा भाडामा बस्दै आएका २५ वर्षीय हेमबहादुर मगरको करेन्ट लागेर ज्यान गएको हो । दिउँसो प्लटिङ गरेको खाली जग्गामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।