Tuesday 24th November 2020

    कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो    युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस    अदालतका रजिष्ट्रार र श्रेस्तेदारहरुको राष्ट्रिय सम्मेलन सुरु    कक्षा १२ को परीक्षा सुरु    नेपाल–भारत सीमास्थल जौबारीमा बिओपी स्थापना

समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निर्वाचन आयोगमा निवेदन

Wednesday, September 13, 2017 National Power


 २८ भदौ, काठमाडौँ – आगामी मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आजसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन नआएको आयोगबाट थाहा भएको छ ।