Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

सुक्खा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Wednesday, September 13, 2017 National Power


२८ भदौ, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सडकखण्डमा गाडीको चाप बढेको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।
बेलुका चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ।
पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ ।