२७ भदौ, काठमाडौं – तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा दायर गरेको रिटमाथि आज मंगलबार फैसला हुँदैछ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले दायर रिटमाथिको बहस भदौ १५ गते सकेको थियो । आज मंगलबार फैलसा हुने सर्वोच्चले जनाएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गरेका थिए। अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो ।