Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

गच्छदारलाई आयोगले सोध्यो स्पष्टीकरण

Sunday, September 10, 2017 National Power

२५ भदाै, काठमाडौं – निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगको शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ । आयोगको निर्णयमा भनिएको छ, निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने ।

साथै फोरम लोकतान्त्रिकका वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आयोगले जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुनले जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।