Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

मेयर भएको १०० दिन वित्दा वल्ल ८६ कामको सुरुवात

Thursday, September 7, 2017 National Power

२२ भदौ, काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको वताएका छन् ।

एक सय दिन पुगेका अवसरमा आज उनिले आफूले गरेको कामको प्रगति सार्वजनिक गर्दै उहाँले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराएका थिए ।

एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाएका छन् ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि सार्वजनिक मनोरञ्जनात्मकस्थल र वाइफाइ जोन निर्माण, कौसी खेतीलाई प्रवद्र्धन, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, बागदरबार भवन निर्माणका लागि प्रक्रियागत काम, प्रत्येक वडामा बाल क्लब निर्माण, सडकमा लत्रेका तार व्यवस्थापन, आकाशे पानीको संकलन र शुद्धीकरण, कामपा क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माणजस्ता कामको थालनी गरिएको प्रमुख शाक्यले बताए ।

स्थानीय तह निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतामध्ये धरहरा पुनःनिर्माण, कामपा वरपर रहेका अन्य नगरपालिकासँग समन्वये, हेलो मेयर क्विक कार्यक्रम र मोबाइल एप्सजस्ता काम हालसम्म शुरुआतसम्म गर्न नसकिएको शाक्यले स्विकारेका छन् ।
केही शुरु गर्न बाँकी रहेको प्रतिबद्धता छिट्टै शुरु गरिने समेत मेयर शाक्यले वताएका छन् ।