Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मेयर भएको १०० दिन वित्दा वल्ल ८६ कामको सुरुवात

Thursday, September 7, 2017 National Power

२२ भदौ, काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको वताएका छन् ।

एक सय दिन पुगेका अवसरमा आज उनिले आफूले गरेको कामको प्रगति सार्वजनिक गर्दै उहाँले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराएका थिए ।

एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाएका छन् ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि सार्वजनिक मनोरञ्जनात्मकस्थल र वाइफाइ जोन निर्माण, कौसी खेतीलाई प्रवद्र्धन, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, बागदरबार भवन निर्माणका लागि प्रक्रियागत काम, प्रत्येक वडामा बाल क्लब निर्माण, सडकमा लत्रेका तार व्यवस्थापन, आकाशे पानीको संकलन र शुद्धीकरण, कामपा क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माणजस्ता कामको थालनी गरिएको प्रमुख शाक्यले बताए ।

स्थानीय तह निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतामध्ये धरहरा पुनःनिर्माण, कामपा वरपर रहेका अन्य नगरपालिकासँग समन्वये, हेलो मेयर क्विक कार्यक्रम र मोबाइल एप्सजस्ता काम हालसम्म शुरुआतसम्म गर्न नसकिएको शाक्यले स्विकारेका छन् ।
केही शुरु गर्न बाँकी रहेको प्रतिबद्धता छिट्टै शुरु गरिने समेत मेयर शाक्यले वताएका छन् ।