२१ भदौ, काठमाडौँ – चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार देखि पुनः डाक्टर गोविन्द केसी १२ औं पटक अनशन बस्ने भएका छन् । मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन बस्न लाग्नुभएको ड.। केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए । डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।