Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

पृथ्वी राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध

Tuesday, September 5, 2017 National Power

 

२० भदौ, काठमाडौं – पृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा पूर्व–पश्चिम जाने आउने गाडी रोकिएका छन् । मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध हुँदा पोखरा, चितवन लगायत यो मार्ग हुँदै पूर्व पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन् । पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ । सामान्य झरी पर्दा पनि पहिरो खस्ने र साँघुरो सडकमा गाडीको चाप धेरै हुने हुँदा हरेक दिन यात्रु घण्टौँ जाममा बस्न बाध्य छन् ।