१८ भदौ, काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा जानेसँग तोके भन्दा बढी पैसा लिने म्यानपावरका एक जना कर्मचारी पक्राउ परेका छन् ।सिनामंगलमा रहेको सिद्ध ग्लोबल म्यानपावरका कर्मचारी भिष्म अधिकारी पक्राउ परेका हुन् । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले अधिकारीलाई मलेसिया जाने दुई जनासँग १ लाख ६० हजार रुपैयाँ लिँदै गरेको भेटेपछि पक्राउ गरेको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिए।उनले अरु दुई जनासँग पनि ४० हजार रुपैयाँ लिएको भन्ने जानकारी आएकाले छानविन भइरहेको उनले बताए। गैरकानुनी रुपमा यसअघि पनि वैदेशिक रोजगारीमा पठाएको आरोपमा ११ वटा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।