१८ भदौ, तनहुँ – तनहुँको बन्दीपुर स्थित सिमलटारमा १ करोड ५१ लाखको लागतमा बृहत खानेपानी आयोजना शुरु भएको छ । गत शनिवार एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले खानेपानी आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाबाट बन्दीपुर गाउँपालिका २ का असी भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
शिलान्यास गर्दै नेका केन्द्रिय सदस्य भट्टराइले यस्तो किसिमको बृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै गर्दा आफु निकै हर्षित भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विश्व वास्तोला, कोषाध्यक्ष रेशम गुरुङ, सुरेश भट्टराइ, मनकाजी श्रेष्ठ, भुपेन्द्र बानियाँ, चिनु पोखरेल, राम प्रसाद सापकोटा, पार्वती थापा, ध्रुर्वलाल प्रधान, लक्ष्मण आचार्य, रोजन बानियाँ लगाएतको उपस्थिती रहेको थियो ।
आयोजना समयमानै सम्पन्न गरेर आम जनतालाई खानेपानीको सर्वसुलभता प्रदान गर्न सबैपक्षबाट लागि पर्नुपर्ने उपभोक्ता समितिका सल्लाहाकार तथा नेका बन्दीपुरका सचिव रामप्रसाद सापकोटाले जानकारी दिए ।