Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

नापी कार्यालयका प्रमुख एक होटलमा मृत फेला

Sunday, September 3, 2017 National Power

१८ भदौ, विराटनगर – जिल्ला नापी कार्यालय इलामका प्रमुख निरोज त्रिखत्री विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्। भक्तपुरको गट्ठाटार घर भई हाल जिल्ला नापी कार्यालय इलाममा कार्यरत त्रिखत्री विराटनगर बसपार्क पछाडिको होटल पाथिभरा इनमा आइतबार बिहान मृत फेला परेका हुन्। विराटनगरमा जारी तीनदिने गोष्ठीमा सहभागी हुन आएका ४५ वर्षीय त्रिखत्री सो होटलको कोठा नम्बर १०९ मा मृत फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। त्रिखत्रीसंगै सोही होटलमा बसेका सवारी चालकले आइतबार बिहान खत्रीको अवस्था देखेर होटल धनीलाई जानकारी दिएका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।