Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नापी कार्यालयका प्रमुख एक होटलमा मृत फेला

Sunday, September 3, 2017 National Power

१८ भदौ, विराटनगर – जिल्ला नापी कार्यालय इलामका प्रमुख निरोज त्रिखत्री विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्। भक्तपुरको गट्ठाटार घर भई हाल जिल्ला नापी कार्यालय इलाममा कार्यरत त्रिखत्री विराटनगर बसपार्क पछाडिको होटल पाथिभरा इनमा आइतबार बिहान मृत फेला परेका हुन्। विराटनगरमा जारी तीनदिने गोष्ठीमा सहभागी हुन आएका ४५ वर्षीय त्रिखत्री सो होटलको कोठा नम्बर १०९ मा मृत फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। त्रिखत्रीसंगै सोही होटलमा बसेका सवारी चालकले आइतबार बिहान खत्रीको अवस्था देखेर होटल धनीलाई जानकारी दिएका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।