Sunday 28th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

जिप दुर्घटनामा दुईको मृत्यु

Sunday, September 3, 2017 National Power


१८ भदौ, मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । दुर्घटनामा चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।