१८ भदौ, नेपालगन्ज – बाँके जिल्लाको सशस्त्र प्रहरी सीमा सुरक्षा बलद्धारा एअरगनसहित एक युवक पक्राउ परेका छन । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–९, जहरेका २९ वर्षीय लालसिंह रानाबाट बन्दुकमा लाग्ने छर्रासहित बन्दुक बरामद गरेको हो ।
भारतमा रोजगार गरी दशैँ मान्न घर फर्कँदै गरेका रानाले चरा मार्नका लागि बन्दुक खरिद गरेर ल्याएको बयान प्रहरीसमक्ष दिएका छन् ।