Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भारतीय नागरिकको करेन्ट लागेर मृत्यु

Friday, September 1, 2017 National Power

१६ भदौ, झापा – झापामा बिहीबार साँझ करेन्ट लागेर १ जना मृत्यु भएको छ। मृत्यु हुनेमा किसनगञ्ज घर भई मेचीनगर–१० मा काम गर्दै आएका भारतीय नागरिक  ४० वर्षीय सोम हस्ताका रहेको प्रहरीले जनाएको छ। उनलाई मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको मोटर बनाउने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोड ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।