Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

Friday, September 1, 2017 National Power

१६ भदौ, काठमाडौं – अझै केही दिन मनसुन सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।
मनसुन सक्रिय भएकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने मौसमविद् समिर श्रेष्ठले बताए । मुख्य गरी अबको २४ घण्टामा चुरे र महाभारतबाट बहने खोलानालामा पानीको सतह बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । कोसी, गण्डकी, काली र महाकालीमा पानीको बहाब बढे पनि खतरा भने नभएको शाखाले जनाएको छ । तर पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका कन्काई,कमला, बागमती, तिनाउ, पश्चिम राप्ती बबई, मोहना लगायत नदीमा बाढी आउन सक्ने सम्भावना हुँदा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।