Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कक्षा १२ को परीक्षाफल सार्वजनिक ४२ प्रतिशत उत्तीर्ण

Friday, September 1, 2017 National Power

१६ भदौ, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले विहीबार बेलुका कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

जसमा नियमिततर्फ ४२ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो ।