Saturday 12th June 2021

    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण    नेकपा एमाले बनेपाले गर्यो राहत वितरण

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आचार संहिता लागु

Thursday, August 31, 2017 National Power


१५ भदौ, काठमाडौं – आउँदो मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबारदेखि निर्वाचन आचार संहिता लागु भएको छ ।
निर्वाचन आयोगले सूचना निकालेर आउँदो मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबारदेखि निर्वाचन आचारसंहिता लागु भएको जनाएको छ। चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐनको अधिकार प्रयोग गरी आचार संहिता लागु भएको जनाएको छ ।
आचारसंहिता नेपाल सरकार तथा मन्त्रीहरु, स्थानीय तह, सार्वजनिक संस्था, सरकारी तथा अर्धसरकारी कार्यालय, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी तथा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई लागु हुने आयोगले जनाएको छ । उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचार संहिता लागु हुनेछ ।