Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

चट्याङ लागेर एकको मृत्यु

Wednesday, August 30, 2017 National Power

१४ भदौ, गोरखा – गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मंगलवार साँझ परेको चट्याङ लागेर गण्डकी गाउँपालिका– ४ पहरेपानीकी ५२ वर्षीया साननानी भट्टको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलवार साँझ करिब सात बजेतिर बाख्रालाई घाँस दिन जाने क्रममा भट्टलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घाँटीको भाग जलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।