Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

थकाली समुदाय फालो पर्व मनाउँदै

Wednesday, August 30, 2017 National Power


१४ भदौ, मुस्ताङ – थकाली समुदायले मनाउँदै आएको परम्परागत कुमार यात्रा अर्थात् फालो पर्व शुरु भएको छ। थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको यो पर्व थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिकाको वडा न.२ कोवाङमा मंगलबार सुरु भएको हो। हरेक वर्ष भाद्र शुक्ल पक्षमा अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म फालो पर्व मनाउने प्रचलन छ। गौचन, तुलाचन, शेरचन र भट्टचन थरका ५ देखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारहरुलाई यात्रामा सहभागी गराइन्छ। चार ‘चन’मा जन्मिएका छोराहरु कुमार यात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान् नरिच्हेबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृितक मान्यता पाउने थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले जानकारी दिए।