१४ भदौ, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर मंगलबार मृत्यु भएको छ ।
स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।शौचालय सफा गर्ने क्रममा राना एक्कासि ढलेका थिए । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।