Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

करेन्ट लागेर एकको मृत्यु

Wednesday, August 30, 2017 National Power

१४ भदौ, जुम्ला – जुम्लामा करेन्ट लागेर मंगलबार एक जना मृत्यु भएको छ । जिल्लाको तातोपानी गाउँपालिका– १ राँका निवासी २९ वर्षीय पदमबहादुर कठायतको करेन्ट लागेर ज्यान गएको हो ।

चन्दननाथ नगरपालिका–७ बसपार्कनजिक करेन्ट लागेर घाइते कठायतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।आफूले वनाउन लागेको घरमा मोटर खोल्ने क्रममा कठायतलाई करेन्ट लागेको थियो ।