Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नाडा अटो मेला आजदेखि शुरु गाडी किन्दा छुट

Tuesday, August 29, 2017 National Power

१३ भदौ, काठमाडौं – राजधानीमा मंगलबारदेखि नाडा अटो मेला हुँदैछ । भदौ १८ गतेसम्म भृकुटीमण्डपमा हुने मेलामा विभिन्न ब्रान्डका गाडी प्रदर्शन तथा बिक्रीमा राखिने छ ।
अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मेला आयोजना गरेको हो । नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले मेलामा प्रख्यात ब्रान्डका गाडीका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य सामानका स्टल राखिने जनाएका छन। मेलामा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीको पनि सहभागिता हुने हुँदा ग्राहकले प्रदर्शनीबाटै सुलभ दरमा फाइनान्स तथा बीमाको सुविधा पनि प्राप्त गर्ने उाले बताए।मेलामा ग्राहकलाई गाडी किन्दा छुट र उपहारसमेत दिइने छ भने मेलामा ९० वटा संस्थाका झण्डै १ सय ३० वटा स्टल रहनेछन् । मेलाको झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।