Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राष्ट्रिय पण्डित सम्मेलन सुरु

Tuesday, August 29, 2017 National Power

 

१३ भदौ, काठमाण्डौ – राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा चौथो राष्ट्रिय पण्डित सम्मेलन सोमबार देखि काठमाण्डौको महेश्वरी सदन कमलपोखरीमा सुरु भएको छ । राष्ट्रिय धर्मसभा नेपालले बिगत ३ बर्षदेखी पण्डित सम्मेलन गर्दै आईरहेको छ ।

धार्मिक सांस्कृतीक कृत्य र पण्डित पुरोहीत आम नेपाली जनता र हरेक घर परीवार संग प्रत्यक्ष्य सरोकार राख्ने बिषय भएकाले यसलाई ब्यबस्थित र एकरुपता ल्याउने उद्धेश्यले देसभरका पण्डितहरु भेला गराई पण्डित सम्मेलन गरिदै आएको आयोजकले जनाएको छ।

चौथो पण्डित सम्मेलनले काजकिरीया र जुठोसुतक, संस्कृत बाङमयको परिचय र महत्व , नेपाली मौलिक संस्कृतीको चिनारी र संरक्षण तथा समसामयीक बिषयहरुमा छलफल गरी आवश्यक लिने छ । सम्मेलन मंगलबार सम्म जारी रहने कुरा राष्ट्रिय धर्मसभा नेपालका महासचिव पुष्पराज पुरुषले जानकारी दिए ।