Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

२६ तोला सुन, आधा किलो चाँदीसहित चोरी

Tuesday, August 29, 2017 National Power

 

१३ भदौ, नुवाकोट – दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ ।

विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपचारका लागि गत साउन ३१ गतेदेखि पसल बन्द गरी काठमाडौँ गएका गहतराजले सोमबार पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि संलग्नको खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सुनचाँदी पसलमा चोरी भएको जानकारी पाएलगत्तै शंकास्पद व्यक्तिको खोजी शुरु गरेको छ । लामो समयसम्म पसल भन्द भएकाले कुन दिन चोरी भएको समेत यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले बताए ।

समुद्रटारस्थित तिलकमान डंगोलका घरमा सञ्चालनमा रहेको पसल साउन ३१ देखि आजसम्म बन्द रहेको छ । ढोकाको छेस्किनी मात्र खोलेर चोरी भएकाले संलग्नको पहिचानमा कठिन भएको प्रहरीले जनाएको छ ।