Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

माइक्रो बसको ठक्करबाट स्कूले विद्यार्थीको मृत्यु, चार घाइते

Monday, August 28, 2017 National Power

१२ भदौ, स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ स्थित भुम्रे चोकमा माइक्रोको ठक्करबाट एक स्कूले विद्यार्थीको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ग १ ख ३५७९ नम्बरको माइक्रो बसले ठक्कर दिएर घाइते भएकी पर्वतको बालाकोट गाउँपालिका–१ घर भई वालिङ भुम्रेमा बस्दै आएकी १२ वर्षका मिसा थापाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। चार जना गम्भीर घाइतेको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ५५ वर्षका बद्री श्रेष्ठ, १३ वर्षकी सिर्जना श्रेष्ठ, २८ वर्षका लोकप्रसाद कुमाल र १८ वर्षका अर्जुन कुमाल रहेका छन् । घाइते हुने वालिङ–९ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।