१२ भदौ, काठमाडौं – आफ्नो भारत भ्रमणका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद्मा जानकारी गराउने भएका छन् । उनी भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरेर आइतबार राति स्वदेश फिर्ता भएका हुन् ।
विपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको शीर निहुराएको भन्दै विरोध गरिरहेका बेला प्रधानमन्त्री देउवाले संसद्मार्फत आफ्नो भ्रमणको जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्रीले सोमबार २ बजे संसद्मा जानकारी गराउन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।