Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउने

Monday, August 28, 2017 National Power

१२ भदौ, काठमाडौं – आफ्नो भारत भ्रमणका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद्मा जानकारी गराउने भएका छन् । उनी भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरेर आइतबार राति स्वदेश फिर्ता भएका हुन् ।

विपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको शीर निहुराएको भन्दै विरोध गरिरहेका बेला प्रधानमन्त्री देउवाले संसद्मार्फत आफ्नो भ्रमणको जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्रीले सोमबार २ बजे संसद्मा जानकारी गराउन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।