१२ भदौ, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा बेपत्ता भएका एक व्यक्ति सोमबार मृत फेला परेका छन्। बाढीले बगाउँदै ल्याएका काठ, दाउरा समात्न वाणगंगा नदीमा पसेका उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए। कपिलवस्तु नगरपालिका–१२ बेलभरिया बस्ने वर्ष १५ का वंशी मल्लाहलाई आइतबार साँझ नदीले बगाएर ल्याएका दाउरा समात्न खोज्दा नदीले बगाएको थियो। बाबु रामवृक्ष मल्लाहसँगै दाउरा समात्न नदीमा पसेका बंशीलाई नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ।