Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि चुनाव निश्चित

Monday, August 28, 2017 National Power


१२ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको छ । सहमतिका लागि भएका प्रयास असफल भएपछि अब चुनाव हुने निश्चित भएको नेता रञ्जित तामाङले जानकारी दिए ।

सोमबार बिहान पनि माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । तर अध्यक्षका दाबेदार रञ्जित तामाङ र अनिल शर्माले आफ्नो दाबेदारी नछोडेका कारण चुनाव गरेरै नेतृत्व टुंग्याउने तय भएको नेताहरुले जानकारी दिएका छन् ।अखिल क्रान्तिकारीको काठमाडौमा चलिरहेको महाधिवेशनमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । चुनावबाट ३३ पदाधिकारीसहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।