Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

दसैँ, तिहार र छठमा छक्का पञ्जा अफर सार्वजनिक

Monday, August 28, 2017 National Power

१२ भदौ, काठमाडौं – आईएमईले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमई छक्का पञ्जा अफर सार्वजनिक गरेको छ । भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमूखी प्रर्वद्धनात्मक कार्यक्रममा देश विदेशका सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र/पन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।