१२ भदौ, काठमाडौँ त्रिभुवन विश्वविद्यालयले आइतबार प्रा डा भूपप्रसाद धमलालाई विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
प्रा डा धमला पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्छन् । उनले हालसम्म अंग्रेजीमा छ पुस्तक, तथा भाषा, साहित्य र राजनीति विषयमा ३२ अनुसन्धानमूलक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका छन् । उनी मोलुङ रिसर्च जर्नलको प्रधानसम्पादक समेत हुन् ।