Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

नयाँ नेतृत्वका लागि चुनावी पक्रिया शुरु

Sunday, August 27, 2017 National Power

११ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ ।

अझै पनि नेतृत्व सर्वसम्मत गर्न सहमतिको प्रयास भइरहेको क्रान्तिकारीले जनाएको छ । शनिबार मनोनयन दर्ता, नामावली प्रकाशन तथा दाबी विरोधलगायत प्रक्रिया पुरा हुने र सहमतिको प्रयास पनि जारी राख्ने नेताहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी गरेका छन् । अखिल क्रान्तिकारीको नेतृत्वका लागि पहिलोपटक हुन लागेको मतदानमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । चुनावबाट ३३ पदाधिकारी सहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।