११ भदौ, चितवन – भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट शनिबार एकजनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीयसूर्यबहानदुर प्रजालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।