Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

संघीयतालाई मध्यनजर गर्दै प्रहरीमा थप १९ हजार ३६१ दरबन्दी आवश्यक

Saturday, August 26, 2017 National Power

१० भदौ, काठमाडौं – नेपाल प्रहरीले संघीयतालाई मध्यनजर गर्दै थप १९ हजार ३६१ दरबन्दी माग गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले अहिले प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले आफुहरुले गृहमन्त्रालयमा थप १९ हजार ३६१ दरबन्दी माग गरेको जानकारी दिए ।

गृह मन्त्रालयबाट यो प्रस्ताव स्वीकृत भएर अर्थ मन्त्रालयबाट सहमति भएमा प्रहरीको दरबन्दी अब ९२ हजारभन्दा बढी हुनेछ । काठमाडौंमा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कार्कीले संघीय प्रहरी ऐन नआउन्जेलसम्मका लागि संक्रमणकालीन व्यवस्थाअनुरुप प्रहरीको संरचना बनाइएको जानकारी दिए।