Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

३३ किलो चरेससहित चार जना पक्राउ

Wednesday, August 23, 2017 National Power

७ भदौ, नेपालगन्ज – नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन् ।

यसैबीच, १२ बर्षिय एक नाबालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त बाँके खजुराका राजितराम राढ यहाँ पक्राउ परेका छन ।