Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

३३ किलो चरेससहित चार जना पक्राउ

Wednesday, August 23, 2017 National Power

७ भदौ, नेपालगन्ज – नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन् ।

यसैबीच, १२ बर्षिय एक नाबालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त बाँके खजुराका राजितराम राढ यहाँ पक्राउ परेका छन ।