Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ

Wednesday, August 23, 2017 National Power

७ भदौ, काठमाडौं – वैदेशिक रोजगारीका लागि कतार जाने कामदारसँग लागतभन्दा बढी रकम असुल्ने एजेन्टलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ ।
कामदारसँग १ लाख २० हजार रुपैयाँ लिने निड इम्प्लोइमेन्ट सर्भिसकी एजेन्ट सुमिना गुरुङलाई मेनपावर एजेन्सीबाटै रंगेहात पक्राउ गरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।“पक्राउ परेकालाई विभागले ऐनअनुसार कारबाही अघि बढाउने छ ।” प्रवक्ता अधिकारीले भने, “अहिले कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।”

मेनपावर एजेन्सीले कामदारसँग सेवा शुल्कवापत् बढीमा १० हजार रुपैयाँ लिन पाउने प्रावधान छ भने यसअघि बढी रकम असुल्ने वाइड स्पेस म्यानपावर कम्पनीका लेखापाल अनिता प्रधानलाई विभागले रंगेहात पक्राउ गरी कारबाही गरेको थियो ।वैदेशिक रोजगारमा जानु अघि सरकारले तोकेको सेवा शुल्क र अनुमतीसम्बन्धी व्यवस्था हेरेर मात्र विदेश जान विभागले अनुरोध गरेको छ । आफू अन्यायमा परेको र म्यानपावरले बढी रकम असुल्न लागेको थाहा पाउने बित्तिकै विभागमा जानकारी गराएर मात्र काम अघि बढाउने विभागका निर्देशक मोहन अधिकारीले आग्रह गरेका छन् ।