६ भदौ, दार्चुला – आफ्नै कोठाभित्र डोरीमा झुण्डिएर जिल्ला सदरमुकाम खलङगामा एकजनाले आत्महत्या गरेका छन् । मालिकार्जुन गाउँपालिका २ भगवती घरभई हाल महाकालि नगरपालिका वडा नम्बर ४ खलङ्गा बस्दै आएका २७ वर्षीया सुनिलसिँह धामीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक धामीको मानसिक सन्तुलन बिग्रेको पारिवारिक स्रोतले बताको छ। मृतक धामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।