६ भदौ, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत कर्मचारीले बाढीपहिरोपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा गत साउन ३१ गतेको निर्णयअनुसार नै आयोगमा कार्यरत कर्मचारीबाट मानवीय सहयोगस्वरुप बाढीपहिरोपीडितका सहयोगार्थ उक्त रकम उपलब्ध गराउन लागिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । विशिष्ट श्रेणीको कर्मचारीले सुरु तलबको पाँच दिन बराबर, राप्र प्रथम श्रेणाीको कर्मचारीले चार दिन बराबर, राप द्वितीय र तृतीय श्रेणीका कर्मचारीले तीन दिन बराबर र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको कोइरालाले जानकारी दिए । राहत रकम सरकारलाई एकमुष्ट बुझाइनेछ ।