Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

राजश्व अत्तरियाका दुई कर्मचारी घुससहित पक्राउ

Tuesday, August 22, 2017 National Power

६ भदौ, कैलाली – घुस लिइरहेको अवस्थामा कैलालीको अत्तरियाबाट राजश्व अनुसन्धान कार्यालयका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायव सुब्बा राजेन्द्र साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

अख्तियार दुरुपयोय अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा गएको टोलीले रंगेहात दुवै जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए । उनिहरुले कैलाली र कञ्चनपुरका व्यपारीहरुसँग मासिक रकम असुली गर्ने गरेको सूचनाको आधारमा अख्तियारको टोली अत्तरीया पुगेको थियो । पक्राउ परेका दुवै जनालाई अख्तियारको कञ्चनपुर कार्यालयमा लगिएको छ।